Logo

Breaking News 1

गठबन्धन संघीय र प्रदेश चुनावसम्म लैजाने आधार बलियो बन्योः कांग्रेस



काठमाडौं । स्थानीय तह निर्वाचनको परिणामलाई हेरेर कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको निष्कर्ष निकालेको छ । गठबन्धनले सन्तोषजनक नतिजा हात पारेको कांग्रेसको ठहर छ ।

आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको बताए । उनले स्थानीय निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारको उल्लेख गरे ।

उनले भने, ‘हामी गठबन्धन गरेर निर्वाचनमा गएका थियौँ । यो निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारेको छ । गठबन्धनका दलले पनि राम्रो सफलता हात पार्नु भएको छ ।’ अहिलेसम्म काँग्रेसले ३२१ पालिकामा प्रमुख र २९४ पालिकामा उपप्रमुख जितेको छ । काँग्रेसले ५ पालिकामा अग्रता लिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ३ : ५० बजे