Logo

Breaking News 1

पीडित युवतीले दिइन् मनोज पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा उजुरी



काठमाडौं । आफूमाथि आठ वर्षअघि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी युवतीले प्रहरीमा उजुरी दिएकी छिन् ।

सौन्दर्य प्रतियोगिताका क्रममा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि बालात्कार गरेको भन्दै पीडित् भनिएकी युवतीले आज जिल्ला प्रहरी परिसरमा पुगेर उजुरी दर्ता गराएकी हुन् ।

पाण्डेविरुद्व मानव बेचबिखन तथा ओसारपसारविरुद्व कसुरमा उजुरी दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका पाण्डेले प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको छ ।

पाण्डेलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १२ : ३८ बजे