Logo

Breaking News 1

हालसम्म कुन दलले कति ठाउँमा जिते ? कति ठाउँमा अगाडि ?



काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम अझै जारी रहेको छ । अब लगभग परिणाम अन्तिम चरणमा पुगिसकेको छ ।

७ सय ५३ पालिकामध्ये अहिलेसम्म ७ सय २९ पालिकाको मतगणना सम्पन्न भएन नयाँ जनप्रतिनिधि पाइसकेका छन् । अहिलेसम्म सबैभन्दा धेरै पालिका जित्नेमा नेपाली कांग्रेस रहेको छ ।

कांग्रेसले अहिलेसम्म ३२० पालिका जितिसेको छ भने ६ पालिकामा अग्रता कायम गरिरहेको छ । यस्तै, कांग्रेसले २ सय ९५ पालिका उपप्रमुख जितेको छ भने ५ ठाउँमा अगाडि रहेको छ ।

यसैगरी, दोस्रो नम्बरमा नेकपा एमाले रहेको छ । एमालेले अहिलेसम्म १ सय ९९ पालिका जितेको छ भने ६ ठाउँमा अग्रता बनाइरहेको छ । एमालेले २ सय २८ उपप्रमुख जितेको छ भने १२ उपप्रमुखमा अग्रता बनाइरहेको छ ।

तेस्रो नम्बरमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले १ सय २० पालिकामा जित हासिल गरेको छ भने दुई पालिकामा अग्रता कायम राखिरहेको छ । माओवादीले १ सय २५ स्थानीय तहमा उपप्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले २९ पालिका जितेको छ भने ३ ठाउँमा अग्रता लिइरहेको छ । जसपाले ३० उपप्रमुख जित्दा २ उपप्रमुखमा अग्रता कायम गरिरहेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले १७ पालिका जित्दा दुई ठाउँमा अग्रता बनाइरहेको छ । एसले २१ पालिकामा उपप्रमुख जित्दा २ पालिकामा अग्रता कायम राखेको छ ।

यस्तै, लोकतान्त्रि समाजवादी पार्टीले १५ पालिका प्रमुख जित्दा १ पालिकामा अगाडि रहेको छ । लोसपाले ११ पालिका उपप्रमुख जित्दा एक उपप्रमुखमा अग्रता बनाइरहेको छ ।

२९ पालिकामा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् भने दुई पालिकामा अग्रता कायम राखिरहँदा ११ पालिकामा उपप्रमुख जितेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १० : ५८ बजे