Logo

Breaking News 1

सिराहामा बाबुछोराको विभत्स हत्या, ११ गते थियो छोराको विवाह



काठमाडौं । सिराहामा बाबुछोराको विभत्स हत्या भएको छ ।

अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो। उनीहरुको गएराति आफ्नै घरमा विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

सुतिरहेको अवस्थामा उनीहरुको धारिलो हतियार प्रहार गरि हत्या भएको जनाइएको छ । छोरा सन्तकुमारको ११ गतेका लागि विवाह तय भएको थियो ।

विवाहको तयारी साथै रमाइलो सकेर सुतेपछि उनीहरुको हत्या भएको हो । हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरसहित लगेर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : ०५ बजे