Logo

कोशी

केपी ओलीको शहर, अधुरो रह्यो जित्ने रहरः दमक नगरमा एमाले पराजित, राप्रपा विजयी



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो, दमक । उनले यो नगरमा आफ्ना उम्मेदवारलाई चुनाव जिताउन धेरै प्रयास गरे । विपक्षीहरुलाई सत्तोसराप पनि गरे । अनेक भाषण गरे । तर, ओलीका यी सबै उत्ताउला प्रयास असफल सावित भए । किनकी, यो नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । दमकमा एमाले अध्यक्ष ओलीको आफ्ना उम्मेदवारलाई जिताउन निकै उग्र भाषण गरेका थिए । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भइसकेका छन् ।

थापाको जितसँगै ओलीलाई आफ्नै उग्रतामा हिनताबोध भएको होला । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । दमकमा एमालेकी उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६५७४ मत पाउँदा काँग्रेसका रेगिना भट्टराईले १७०७२ मत ल्याएर विजयी भइन् ।

झापामा एमालेविरुद्ध महागठबन्धन थियो । अर्थात एमालेलाई हराउने लक्ष्यका साथ सत्ता गठबन्धन र राप्रपा एकातिर थियो भने एमाले एक्लै मैदानमा खडा भएको थियो । गठबन्धनमा राप्रपाका थापाले मेयर पाउँदा काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ ।

हालको चुनावी नतिजालाई लिएर एमाले भित्रका बुद्धिजीवीहरुले अबको चुनावमा उग्रता त्याग्नुपर्ने बताउन थालेका छन् । पार्टीका केहि नेताले गरेको आततायी गतिविधीले एमाले स्वंयलाई नोक्सान पुर्याएको उनिहरुको धारणा छ । चुनाव जित्न अब भद्र र शालिन गतिविधी आबस्यक रहेको एमालेकै मझदारका नेताहरु बताउन थालेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १२ : ०८ बजे