Logo

Breaking News 1

पोखरा महानगर: धनराज अगाडि लागेको लाग्यै, एमालेका थापा पछ्याउँदै



काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३५५ पुर्याएका छन् ।

हालसम्म २२ हजार ५६२ मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ३९५ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन्। उनलाई एमालेका थापाले ८ हजार ४० मत ल्याएर पछ्याईरहेका छन्। त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ११७ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छिन् । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५ सय ६५ पुर्याएकी छिन् ।

रानाभाटले ९ हजार ६६७ मत पाएकी छिन् भने एमालेकी गुरुङले ९ हजार १०२ मत ल्याएर पछ्याईरहेकी छिन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : २४ बजे