Logo

Breaking News 1

यस्तो छ, पोखरा महानगरपालिकाको पछिल्लो मत परिणाम



काठमाडौं। कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो प्राप्त विवरणअनुसार आचार्यले ८ हजार ५ सय ६३ मतसहित अग्रता कायम राखिरहेका हुन् । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले पछ्याईरहेका छन् ।

थापाले ७ हजार २ सय ७८ मत पाएका छन् । थापा भन्दा पछाडि तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खराल रहेका छन् । उनले १ हजार २७ मत पाएका छन् ।

यस्तै, महानगरको उपमेयरमा गठबन्धनअन्तर्गतकै नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता कायम राखेकी छिन् । उनले ८ हजार ८ सय ७६ मत पाएकी छिन् भने उनलाई एमालेकी मञ्जुदेवी गुरुङले पछ्याईरहेकी छिन् ।

गुरुङले ८ हजार २ सय ७१ मत पाएकी छिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ३४ बजे