Logo

Breaking News 1

बालेन साहले पाए १० हजार बढी मत, स्थापितको मत बालेनको भन्दा आधा मात्रै



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्नो अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् ।

बालेनलाई पछ्याईरहेका नेकपा एमालेका केशव स्थापित बालेनको मतको तुलनामा लगभग आधा कममा छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले १० हजार २ सय ४१ मत पाएका छन् भने स्थापितले ५ हजार ४ सय ५३ मत पाएका छन् ।

यस्तै, गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत पाएकी छिन् ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले पनि फराकिलो मतान्तरसहित आफ्नो अग्रता कायमै राखेकी छिन् ।

उनले ९ हजार ८ सय ५८ मत पाएकी छिन् भने उनी भन्दा पछाडि रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ८ सय १७ मत पाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : १९ बजे