Logo

Breaking News 1

भरतपुर महानगर: रेणुले फेरी घटाउन थालिन् मतान्तर



काठमाडौं । भरतपुर महानगरपालिकाको गठबन्धनकोतर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले फेरी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर घटाउँदै लगेकी छिन् ।

यसअघि ५० पुगेको मतान्तर पछिल्लो प्राप्त परिणामअनुसार ३७ मा झरेको छ ।

मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन्।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : ३१ बजे