Logo

Breaking News 1

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइपुगे लुम्बिनी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् ।

भारतीय वायु सेनाको हेलिकप्टरबाट मोदी लुम्बिनी आएका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्द जयन्तीको अवसर पारेर लुम्बिनी आएका हुन् । मोदीले लुम्बिनीमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ ।

मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ताको कार्यक्रमसमेत रहेको छ । मोदी आजै भारत फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ०५ बजे