Logo

समाचार

स्वस्तीक छाप नदेखिएको मत एमालेको गनिनुपर्ने माग गर्दै भरतपुरमा एमालेले मतगणना रोक्यो



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

मतपत्रमा स्वस्तिक छाप नदेखिएपछि निर्वाचन अधिकृतले मत बदर गरेपछि नेकपा एमालेले विरोध गरेको हो ।

एमालेले उक्त मत एमालेकोमा गनिनुपर्ने माग राख्दै गणना रोकेको हो । एमाले प्रतिनिधिले मतगणनास्थल नाराबाजी गरिरहेका छन् ।

अब सर्बदलिय बैठक बसेर थप निर्णय गर्ने तयारी भएको जानकारी ऐना खबरलाई प्राप्त भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ४९ बजे