Logo

निर्वाचन विशेष

एक सय मतपत्र भनिएको पेटिकामा एक सय २० मत भेटिएपछि भीमदत्तमा गणना रोकियो



काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो ।

मतपत्र धेरै भटिएपछि वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । वडा नम्बर १ को मत गणना भने भइसकेको थियो ।

जसमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका आशेफ कुँवर निर्वाचन भएका छन् । विवादपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

बैठकमा राजनीतिक दल, निर्वाचन कार्यालयका अधिकारी, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारी सहभागी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : ४५ बजे