काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान वडा सदस्यमा पराजित भएका छन् ।
अर्यालका पति लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ को वडा सदस्य पदमा पराजित भएका हुन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।
उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । वडा १ मा १ हजार ८ सय ३४ मत खसेको थियो ।
विजयी अर्यालले १ हजार १ सय १२ मत प्राप्त गरे भने पराजित पौडेलले भने ६ सय ४५ मत प्राप्त गरे । वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
प्रतिक्रिया