Logo

समाचार

४६७ मतगणनामा बर्दिबास स्वतन्त्र उम्मेदवारको अग्रता



महोत्तरी । बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।

४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका चिरञ्जीवी हमालले ५ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

उपमेयरमा एमालेकी उम्मेदवार दुर्गा दाहालले अग्रता लिएकी छन् । माओवादी केन्द्रकी कृष्णमाया गौतमले ४८ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ५१ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।