Logo

समाचार

बर्दिबासमा मतगणना सुरु



महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार रातिबाट मतगणना सुरु भएको हो ।

बर्दिबास नगरपालिकामा अहिलेसम्म ३ सय मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । उनले ११९ मत पाउँदा एमाले उम्मेदवारले ६९, माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन् । वडा नम्बर ८ बाट मतगणना सुरु भएको हो । तर अन्य पालिकामा भने मतगणना सुरु भइसकेको छैन ।

गौशाला नगरपालिकामा बिहान ८ बजेबाट र अन्य पालिकामा बिहान ९ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : १९ बजे