Logo

Breaking News 1

पैसा बाँड्दै गरेको अवस्थामा एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा



काठमाडौं । मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।

जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् ।

जोशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १० : ०३ बजे