Logo

Breaking News 1

सैनिकसहित भारतीय सेनाको जहाज किन आयो भैरहवामा ?



काठमाडौं । भारतीय सेनाको जहाज भैरहवामा आएको छ ।

बुधबार बिहान आइएल ७६ इलुसिन सैनिक बिमान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

२५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने कार्यक्रम स्वरुप तयारीका लागि ३० जना भारतीय सेनासहितको जहान भैरहवा आइपुगेको बताइएको छ ।

जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ। उक्त भारतीय सेनाको टोली २ गतेसम्मै लुम्बिनीमा बस्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : १३ बजे