Logo

मुख्य समाचार

अल जजिराकी पत्रकार शिरिनको इजरायली सेनाद्वारा गोली हानी हत्या



काठमाडौं । अल–जजीराकी पत्रकारलाई शिरिन अबू अक्लेहको गोली हानी हत्या भएको छ ।

बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा इजरायली सेनाले गोली हानेर उनको हत्या गरेको हो ।

अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिनको गोली लागे लगत्तै मृत्यु भएको बताइएको छ ।

सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : ५७ बजे