Logo

अर्थ

बुधबार एक हजारले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : २५ बजे