Logo

Breaking News 1

सञ्जु आत्महत्या: राति १० बजे भिडियो शेयर गर्दै लेखेकी थिइन्, ‘मिसिङ यू लभ’



काठमाडौं । भारात्तोलन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरेपछि अहिले नेपाली खेल क्षेत्र नै स्तब्ध भएको छ ।

सञ्जु मंगलबार बिहान ललितपुरमा मृत फेला परेकी हुन् । उनी कोठाभित्रै सलको पासो लगाएको अवस्थामा फेला परेकी थिइन् । अहिले सञ्जुको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ ।

उनी केही दिनदेखि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनले के कारणले आत्महत्या गरिन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । सञ्जुले सोमबार राति फेसबुकमा एक भिडियो शेयर गरेकी थिइन् ।

पाकिस्तानी वेव सिरिज ‘मेरे हमसफर’को क्लिप शेयर गर्दै उनले ‘मिसिङ् यू लभ’ क्याप्सन लेखेकी छिन् ।

उनले प्रेममा खटपटका कारण आत्महत्या गरेकी हुन् की भन्ने आशंका उनले शेयर गरेको पोष्टबाट गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : २६ बजे