Logo

समाचार

आफूले मतदातासँग कर गरेर भोट नमागेको चन्दको दाबी



रोल्पा । जिल्लाको परिवर्तन गाँउपालिकामा संयुक्त तीन दलीय गठबन्धनबाट साँझा अध्यक्ष पदका उम्मेदवार कांग्रेस नेता विश्व कुमार चन्दले आफूले मतदातासँग कर गरेर भोट नमागेको बताएका छन् । सोमबार नियमित घरदैलो कार्यक्रममा परिवर्तन– ६ को विभिन्न टोलका मतदातासँग भेटघाट गर्दै सो कुरा बताएका हुन् ।

‘म परिवर्तन गाउँपालिकाको सबै वडामा पुगेको छु’ चन्दले भने ‘मैले मतदाताहरुसँग भोट मागेको छु त मैले करगरेको छैन मलाई मनपर्छ दिनुहोस् मनपर्दै नदिहोस म दिनुपर्छ भनेर कर गर्दिन र गर्नु पनि हुन्न, मलाई परिवर्तन गाउँपालिकाका जनताहरुले धेरैले चिनछ्न र धेरैले विश्वास पनि गर्छन् त्यो भनिरहनु पर्दैन। ’

चन्द स्वच्छ छवी भएको, सहयोगी, मिलनशार र मेहनती भएको स्थानीय बताउछन्। ‘साच्चिकै परिवर्तन गाउँपालिकामा चन्द अध्यक्ष भएर आएमा पालिकाको मुहार फेरिन्नेमा विश्वस्त छु,’ एक स्थानीयले भने।

शिक्षा,स्वास्थ्य,सडक,खानेपानी, सिचाइ,सञ्चार,पर्यटन,रोजगार,कृषि तथा पशु लगाएतका एजेन्डा लिएर चन्द चुनावी मैदानमा होमिएको प्रचारप्रसार संयोजक सुर्य प्रकाश बुढामगरले जानकारी दिए ।

साथै घरदैलो कार्यक्रममा संयुक्त तीन दलीय गठबन्धनका नेकपा एमाले बाट परिवर्तन गाउँपालिका उपाध्यक्ष उम्मेदवार सपना रोका(घर्ती)को समेत सहभागि थिइन् । घर्तीले पनि आफूलाई अमुल्य भोट दिएर आफ्नो सबै प्यानललाई विजयी गराउन आग्रह गरेकि छन्।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ०७ बजे