Logo

Breaking News 1

‘कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो’: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अन्य दलहरुसँग मिलेर संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टीलाई लक्षित गर्दै राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई साथमा लिएर देशलाई नै उल्टो बाटोमा लिएर गएको आरोप लगाए ।

‘कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास गर्‍यो, उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो।’

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ४९ बजे