Logo

अर्थ

आइतबार सुनको मूल्य तोलामा ६ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार प्रतितोला ९८ हजारमा कारोबार भएको छापावल सुन आइतबार ९८ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार १ सयमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैँयाले बढेको छ ।

चाँदी प्रतितोला एक हजार २८५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : २८ बजे