Logo

समाचार

दुधौली नगरपालीकामा जितको अधार तयार भइसकेको छ : मेयरका उम्मेदवार अधिकारी



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालीकाको मेयर पदका उम्मेदवार दिनेश अधिकारी (दनुवार)ले गठबन्धनतर्फका नगरपालीकामा बलियो किल्ला गाड्ने उद्घोष गरेका छन् । त्याग, सर्मपण र बलिदानका पयार्यवाचीका रुपमा चिनिने अधिकारी नेकपा माओवादी केन्द्रका अथक राजनीतिक योद्धा हुन् ।

उनि दनुवार समुदायबाट प्रतिनिधित्व गर्ने एक कर्मठ संघर्षशिल विकास प्रेमी नेता भएको स्थानीयवासीले बताउने गरेका छन् । उनले आफ्नो नगरको विकासका लागि भ्यु टावर होइन, भ्यु पावरको विकास र कृषि उत्थान र कृषकको सम्मान भन्नेजस्ता नरालाई जोड दिएका छन् ।

‘जनताको सान, समृद्ध दुधौली नगरपालीका निर्माण हाम्रो अभियान’ बोकेर हिडेका अधिकारी राजनीतिमा इमान्दारीताको बलियो कडीका रुपमा रहेकाछन् । जनताका समस्याहरू अझै पनि ज्युँका त्युँ रहेको बताउँदै ती समस्याको सम्बोधन गर्न आफ्नो मेयरमा उम्मेदवारी रहेको उनी बताउँछन ।

लामो समयदेखि राजनैतिक चेतना फैलाउने काम गरिरहेका अधिकारीले दुधौलीलाई नजिकबाट नियालेको स्थानीयहरु बताउँछन् । उनले नगरका जनता विशेष गरी गरिबीको रेखामुनि रहेकाहरुको स्तरोन्नतीमा जोड दिएका छन् । विपन्न परिवारका छोराछोरीका लागि शैक्षिक प्याकेज ल्याउने उनको योजना छ । अधिकारीले जनताको समस्यालाई समाधान गर्न र उनीहरुलाई रचनात्मक र सृजनशील बनाउन बिषेश कार्यक्रम संचालन गरिने योजना सारेका छन् ।

गठबन्धनबाट उम्मेद्वारी दिएका उनले अब मेयरमा जितेर देखानुपर्नेछ र जितका लागि उनले अधार तयार भइसकेको बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : २२ बजे