Logo

खेलकुद

चेल्सी रोक्कियो, युनाइटेड पराजित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी बराबरीमा रोकिदा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ ।

घरेलु टोली ब्राइटनले युनाइटेडलाई ४–० अन्तरले पराजित गर्‍यो । ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले एक–एक गोल गरे ।

जितपछि ब्राइटन ३६ खेलमा ४७ अंक जोडेर नवौं स्थानमा छ । युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा छ । योसँगै युनाइटेडको च्याम्पियन्स लिग सम्भावना कम भएको छ ।

अर्को खेलमा चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकियो । घरेलु मैदान स्ट्रामफोर्ड ब्रीजमा चेल्सीले २(० को अग्रता जोगाउन नसकेको हो ।

चेल्सीको लागि रोमेलु लुकाकुले दुई गोल गरे । वुल्भ्सको लागि फ्रान्सिस्को ट्रिनिकाओले र कोनोर कोयडीले गोल गरे ।

बराबरीसँगै ३५ खेलबाट ६७ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ३५ खेलबाट ५० अंक जोडेको वुल्भ्स तालिकाको आठौं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएको अन्य खेलहरुमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ०६ बजे