Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

खेलकुद

जिम्बावेबिरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै



काठमाडौं । दोस्रो एक दिवसीय खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’सँग खेल्दैछ ।

कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । अब जिम्बाब्वे पहिला ब्याटिङ गर्नेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ ।

नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बाब्वे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ ।

यस्तो छ नेपाली टिम
सन्दीप लामिछाने (कप्तान) मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : १८ बजे