Logo

मनोरञ्जन

भगवान भण्डारी र लक्ष्मी परियारको स्वरमा ‘जिन्नकी’ सार्वजनिक



काठमाडौं । लोकप्रिय गायक तथा सर्जक भगवान भण्डारीको नयाँ सांगीतिक कोसेली ‘जिन्नकी’ सार्वजनिक भएको छ । यस गीतमा भगवान भण्डारी र लक्ष्मी परियारको स्वर रहेको छ भने भगवान भण्डारीको शब्द/संगीत रहेको छ ।

चर्चित निर्देशक शंकर बिसिको निर्देशन रहेको गीतमा शम्भु मोक्तानको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा सुशील पंगेनी, संसार गौतम, माधबी भण्डारी, सृष्टि खत्री आदिको अभिनय रहेको छ । यस गीतलाई भगवान भण्डारी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : १६ बजे