Logo

धर्म / संस्कृति

के हो क्षय तृतीया ? बलियो योग



वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ ।

अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हो । चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।

भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यको अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । लामो समयपछि मंगल रोहिणी योगमा अक्षय तृतीया पर्व परेको संयोग जुरेको हो ।

मंगलबार रोहिणी नक्षत्र एकसाथ परेमा कार्य सिद्धि योगको निर्माण हुने हुँदा हरेक प्रकारका कार्य गर्दा शुभ फल प्राप्त हुने शास्त्रीय वचन रहिआएको छ । मंगल रोहिणी योगमा प्रमुख पाँच ग्रह शक्तिशाली अवस्थामा रहेकाले विशेष शुभ मानिएको छ ।

शनि ग्रह कुम्भ राशिमा,बृहस्पति मीन राशिमा, चन्द्रमा उच्च बृष राशिमा, शुक्रग्रह उच्च मीन राशिमा र वैशाख महिना भएकाले सूर्य पनि उच्च र पूर्ण बलियो डिग्रीमा रहेकाले राज्य पूर्णरुपमा बलियो अवस्था रहने योग निर्माण छ ।

सामान्य दोष यस्ता शुभ योग परेको समयमा स्वझस् परिहार हुने शास्त्रमा उल्लेख गरिएको छ । यस वर्ष राजाका रुपमा शनि र मन्त्रीका रुपमा बृहस्पति ग्रह भएकोले पनि विशेष महत्वका साथ हेरिरहेको छ । यस्तो समयमा राज्यले गर्न लागेका हरेक कार्य सफल भई शुभ फलमा वृद्धि हुने शास्त्रमा उल्लेख छ ।

शनि तथा मंगल ग्रहको युक्तिसँगत भएकाले सवारी तथा हवाई दुर्घटना र आगलागीका घटनामा वृद्धि हुने हुँदा सरकार चनाखो भएर बस्नुपर्ने छ । आजका दिन सातु र सर्वत बनाएर दान गरेमा सम्पूर्ण दोष नाश हुनुका साथै पितृ दोष पनि पूर्णरूपले हट्ने शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ५० बजे