Logo

Breaking News 1

आईजीपी नियुक्तिविरुद्व एआईजी पोखरेलको रिट दर्ता, बुधबारका लागि पहिलो पेशी



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेलको रिट सार्वोच्च अदालतमा दर्ता भएको छ ।

धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी पोखरेल रिट लिएर सर्वोच्च पुगेका हुन् ।

रिटको पेशी बुधबारका लागि तोकिएको छ । सरकारले सोमबार धिरजप्रताप सिंहलाई महानिरीक्षक नियुक्त गरेको थियो । वरियताक्रमका आधारमा पोखरेलभन्दा सिंह जुनियर थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४२ बजे