Logo

Breaking News 1

केशव स्थापितसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण



काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार उठेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

स्थापितले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएपछि तिव्र आलोचना भएको थियो । त्यही अभिव्यक्तिलाई लिएर आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको हो ।

आयोगले स्थापितलाई चौबिस घण्टा भित्र जवाफ दिन भनेको छ । गत बैशाख १५ गते एक कार्यक्रममा प्रश्न सोध्ने युवतीलाई स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

तपाईले प्रश्न कर्ता महिलालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेर भनेको हो की होइन ? उक्त भनाई आचारसंहिता विपरीत भयो कि भएन ? यदी भनेको हो भने किन भनिएको ? भनेर आयोगले स्पष्टिकरण माग गरेको हो ।

यस्तै, आयोगले महिला पुनर्स्थापना केन्द्र (ओरेक) र नेशनल कलेजलाई स्पष्टीकरण सोध्ने आयोगले निर्णय गरेको छ । ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

स्थापितले चुनाव प्रचारका क्रममा दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी परेको थियो । ओरेकले नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रशय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ३० बजे