Logo

अर्थ

सोमबार घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य आठसयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंंघकाअनुसार आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार तेजावी सुन तोलाको ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हासंघकाअनुसार आज चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ ।

आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ०३ बजे