Logo

खेलकुद

बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल



काठमाडौं । आरसीडी मालोर्कालाई २–१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे ।

मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनाको ३४ खेलबाट ६६ अंक छ । समान खेलबाट सेभिया ६४ अंक सहित सेभिया तेस्रो स्थानमा छ । चार खेल अघि नै लिग उपाधी जितेको रियल ८१ अंक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ४३ बजे