Logo

खेलकुद

एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित



काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् ।

उपाधी दौडमा रहेको इन्टरले उडिनेसलाई २–१ अन्तरले हरायो ।

इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे । अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई १–० अन्तरले हरायो ।

मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे । यस्तै अर्को खेलमा युभेन्ट्सले भेनेजियालाई २१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे ।

भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे ।

खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । समान ३५ खेल खेलेको एसि मिलान ७७ अंक सहित पहिलो, ७५ अंकको इन्टर मिलान दोस्रो र ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : २० बजे