Logo

समाचार

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु



काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघले आक्रमण गर्दा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेको छ भन्ने खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली हात्तीसहित जंगल छिरेको थियो ।

दाहालको शव बाघले आक्रमण गरेको ठाउँभन्दा अन्दाजी १ किलोमिटर पर बिहान १० बजेतिर फेला परेको चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ५५ बजे