Logo

Breaking News 1

एमाले कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तालाई खुकुरी हाने, तीन घाइते



काठमाडौं । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् ।

पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् ।

पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेको र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको माओवादी जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिए ।

पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन् ।

उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलेलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : २५ बजे