Logo

Breaking News 1

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित



काठमाडौं । गत फागुन १५ गते संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिनिधि सभाबाट व्याख्यात्मक टिप्पणीसहित पारित भएको एमसीसी सम्झौता कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशन गरेको हो।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो । नेपालमा लामो विवाद र रस्साकस्सी पछि संसदबाट यो परियोजना अनुमोदन भएको हो ।

ऊर्जा व्यापार सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको सम्झौतापत्र उल्लेख छ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : १६ बजे