Logo

Breaking News 1

भोलि साँझसम्म बागी उम्मेदवारी फिर्ता लिन देउवाले दिए अल्टिमेटम



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार साँझसम्म उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारहरुलाई अल्टिमेटम दिएका छन् ।

सभापति देउवाले अपिल जारी गर्दै भोलि साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएका हुन् ।

आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउएका पार्टीका नेताहरुलाई देउवाले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

उनले गठबन्धन भएका ठाउँमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवारलाई र नभएका ठाउँमा पार्टीका एकल उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन्।

देउवाले एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति आफू जानकार रहेको पनि उल्लेख गरेका छन् ।

गठबन्धनको विरोध गर्दै विभिन्न स्थानीय तहमा कांग्रेस नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ११ : २६ बजे