Logo

Breaking News 1

उजुरीमाथि जाँचबुझ सकाएर साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दैछ ।

साँझ ६ बजे आयोगले नामावली सार्वजनिक गर्नेछ । आयोगले बुधबार र आज बिहीबार साँझ पाँच बजेसम्मका लागि उम्मेदवारविरुद्व परेको उजुरी जाँचबुझको तालिका तोकेको छ ।

जाँचबुझ सकिनै बित्तिकै नामावली सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ । आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने समय दिएको थियो ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते ९भोलि०साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : ३४ बजे