धनगढी । नेकपा एमाबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् ।
प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।
यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताक र कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको छ ।
![](https://i0.wp.com/www.ainakhabar.com/wp-content/uploads/2022/04/278794294_1409447502832436_4381390114024593311_n.jpg-768x432.jpg?resize=720%2C405&ssl=1)
प्रतिक्रिया