Logo

Breaking News 1

गठबन्धन बैठक: गठबन्धनभन्दा बाहिर गएर उम्मेदवारी नदिन निर्देशन



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले गठबन्धनभन्दा बाहिर गएर उम्मेदवारी दिन नपाउने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शिर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेका हुन् ।

शिर्ष नेताहरुले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्र मार्फत निर्देशन दिने निर्णय पनि भएको नेताहरुले बताएका छन् ।

गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेलाई पनि सहमतिमा ल्याउने सहमति शिर्ष नेताहरुबीच भएको हो ।

गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता भएमा फिर्ता गराइने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २२ बजे