Logo

Breaking News 1

गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा उपमहानगरपालिकाको भागबण्डा मिलाउने प्रयास भइरहेको छ । गठबन्धनको बैठकले लामो संघर्षपछि मंगलबार महानगरपालिकाको भागबण्डा मिलाएको थियो ।

उपमहानगरको भागबण्डा मिलाउने मंगलबार राति बैठक बसेपनि सहमति जुट्न नसकेको हो । ११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेको छैन ।

यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरको सिट दिने विषयमा छलफल भएको थियो ।

तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले पनि जनकपुरमा दाबी गरेपछि भागबण्डा मिल्न नसकेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : ०१ बजे