Logo

समाचार

पल शाहलाई भेटेर ‘चाहेर त्यस्तो गरेको थिइँन, गल्ती भयो’ भन्दै रोए दुर्गेश



काठमाडौं । नागलिक गायिका बलात्कारको आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्वामा दुर्गेश थापाले पनि बयान फेरका छन् ।

थापाले सोमबार जिल्ला अदालत तनहुँमा बकपत्र दिएका हुन् । यो पटक दुर्गेशले पल निर्दोष रहेको र आफूलाई घटनाबारे केही थाहा नभएको बकपत्र दिएका छन् । यसअघि उनले पलको विरुद्वमा बयान दिएका थिए ।

बकपत्रका लागि सोमबार तनहुँ जिल्ला अदालत पुगेका दुर्गेशले पल शाहलाई पनि भेटेका छन् ।

अदालतमै पलसँग भेटेर दुर्गेशले आफूबाट गल्ती भएको स्वीकार्दै रोएका छन् । आफूले चाहेर त्यस्तो नगरेको भन्दै दुर्गेश पलसँग अदालत परिसरमै रोएका हुन् ।

‘मैले चाहेर त्यस्तो गरेको थिइँन । नसोचेको भयो । गल्ती भयो, दुर्गेशले पलसँग भने ।’

यस्तै नाबालिक गायिका र बाबुले पनि अरुको उक्साहटमा आफूहरुले बलात्कार मुद्वा हालेको पल निर्दोष रहेको अदालतमा बकपत्र दिइसकेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ४३ बजे