Logo

अर्थ

एकैदिन १५ सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा बुधबार एकैदिन सुन तोलामा १५ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १५ सयले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी पनि तोलामा ३५ रुपैँयाले घटेको छ ।

चाँदी आज प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १० : ५५ बजे