Logo

विश्व

काबुलको विद्यालयमा विस्फोट हुँदा ६ जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोट गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ।

त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ४८ बजे