Logo

समाचार

बझाङमा ४.१ म्याग्नेच्युटको भूकम्प



काठमाडौं। बझाङमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको सैनापसलालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प बिहान ६ बजेर ३ मिनेटमा गएको हो । भूकम्पको धक्का अन्य छिमेकी जिल्लामासमेत महसुस गरिएको थियो ।

हालसम्म क्षतिको विवरण आएको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : १२ बजे