Logo

Breaking News 1

आइतबार पनि बिदा दिने तयारी



काठमाडौं । सरकारले आइतबार पनि बिदा दिने तयारी गरेको छ ।

सार्वजनिक बिदा कटौती गरी हप्तामा दुई दिन बिदा दिने तयारी गरिएको नेताहरुले बताएका छन् । हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन भएमा शनिबार बाहेक आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ ।

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन जोगाउन तथा सार्वजनिक खर्चमा कटौती गर्न हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार अहिले दिइएका सार्वजनिक बिदा कटौती गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरिएको छ । यसको लागि गृहमन्त्रीको संयोजकत्वमा एउटा कार्यादल गठन गर्ने निर्णय गरिएको छ ।

उक्त कार्यादललमा अर्थ, सामान्य तथा कानूनमन्त्री पदेन सदस्य रहने भएका छन् । उक्त कार्यदलले कुन-कुन सार्वजनिक बिदा कटौती गर्ने भन्ने विषयमा अध्ययन गरी कार्यविधि बनाउने भएको छ ।

कार्यविधि बनेपछि आइतबारदेखि बिदा दिने तयारी भएको ती मन्त्रीले बताए । उनले भने, ‘सम्भवतः बैशाखदेखि यो निर्णय कार्यान्वयय हुनेछ ।’

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : २४ बजे