Logo

अर्थ

मंगलबार सुनको मूल्य आठसयले बढ्यो, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलमा आठसयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैँयाले बढेको छ ।

सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : १७ बजे