Logo

Breaking News 1

स्थानीय निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटमाथिको पेशी स्थगित



काठमाडौं । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटको पेशी स्थगित गरिएको छ ।

स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पूरा नहुँदै निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले सर्वोच्च अदालतमा दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो ।

चौरसियाले फागुन १३ गते रिट दर्ता गराएका थिए ।

रिट निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ३५ बजे