Logo

Breaking News 1

पाँच दलीय गठबन्धनद्वारा स्थानीय निर्वाचनमा तालमेल गरेर जानेबारे अपिल जारी (पूर्णपाठसहित)



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा गठबन्धन गरेर जानेबारेमा संयुक्त अपिल जारी गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुको बैठकले अपिल जारी गरेको हो ।

‘लोकतन्त्र र लोकतन्त्रको मूल्यमा आधारित समाजवादको रक्षा गर्दै स्थानीय बासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्न घोषणा गर्दछौँ, अपिलमा भनिएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रतिबद्वता पनि पाँच दलले जनाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ११ बजे