Logo

बागमती प्रदेश

मकवानपुरमा ३५ केजी गाँजासहित पाँच जना पक्राउ



मकवानपुर । मनहरी गाउँपालिका– ६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका–११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ् रहेका छन् ।

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.८ ख ८१०६ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ५८ बजे